कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, २६ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र सात पुरुष संक्रमितको निधन भएको हो ।

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकाका एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंका एक महिला र दुई पुरुष, ललितपुरका एक पुरुषको निधन भएको हाे ।

त्यस्तै, सुनसरीका तीन, रूपन्देहीका एक पुरुष र चितवनकी एक महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । मृत्यु दर ०.५८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर ३ सय ४६ जना जना संक्रमितको भेन्टिलेटर र आइसोलेसनमा उपचार भइरहेको छ । २ सय ७९ जना आईसीयूमा र ६७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।

मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बाँके, रूपन्देही र सुर्खेत जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने मनाङमा संक्रमण शून्यमा झरेको छ ।

आज देशभर १४ हजार ५ सय ३० जनाको परीक्षण गर्दा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म ११ लाख ९१ हजार ५ सय १४ जनाको परीक्षण गर्दा १ लाख ११ हजार ८ सय दुई जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८० सक्रिय छन् भने ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा बेथीति : नाम तोकेर डाक्टरनै पढाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा विरामी

विराटनगर । विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

शनिबार उपत्यकाका ८ जनासहित देशभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ असार-शनिबार उपत्यकाका ८ जनासहित ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका ७ जना र काठमाडौंका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

सुनसरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

काठमाडौं, २ साउन-सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई पक्राउ गर्न गोली चलाएकाे छ । बिहीबार राति हतियारसहित नेपाल छिरेका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाेली चलाइएकाे र यसमा २ जना घाइते भएका सुनसरी प्रहरी...

बजेट अधिवेशनका लागि तयारी तीव्र

काठमाडौं, १७ वैशाख-सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्