चितवनमा दुई महिनामै मरे पाँच गैँडा

 न्यूज विराट
चितवनमा दुई महिनामै मरे पाँच गैँडा

चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन् । भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए । ‘यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चार वटा गैँडा कालगतिले मरेका छन्,’ निकुञ्जका सूचना अधिकारी रामले भने, ‘भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जमा यो आव सुरु भएपछि १७ साउनमा पहिलो गैँडा मृत फेला पारेको थियो । त्यसपछि ६ भदौमा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै, निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताउनुभयो ।

‘भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो,’ रामले भने, ‘खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पार्‍यो ।’ भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको उनले बताए । टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए ।

त्यस्तै, असोजमा १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार भेटिएको मृत गैँडा एक/दुई महिनाअघि मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित भेटिएको रामले बताए ।

त्यस्तै, शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ । गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पुर्‍याएको हुनसक्ने सूचना अधिकारी रामले बताए । निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा रहेका छन् । ती बग्दै गएका गैँडाहरू कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ ।

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६ सय ४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापछि निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् ।

निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँच वटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो ।

गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । त्यस्तै, निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ । रासस

सम्बन्धित समाचार

मोरङ ४ मा कडा प्रतिस्पर्धा, तेस्रो पटक संसद छिर्ने मोदीको दाउ, जितको खोजीमा ढकाल

विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...

अमेरिकन आइडलमा दिवेश भए दोस्रो

एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो । सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा...

‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् । सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा...

वीरमानको स्वयम्भूमा अन्त्येष्टि

काठमाडौं, १५ असार-उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । अन्त्येष्टिअघि वाइबाको पार्थिव शरीरलाई सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) मा...

पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्