नेकपा सचिवालय बैठक अन्यौलमा

 न्यूज विराट
नेकपा सचिवालय बैठक अन्यौलमा

काठमाडौं, १७ असोज-आज दिउँसो चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो । 

शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे भेटपछि आज सचिवालय बैठक बस्ने भनिएको थियो । दुई अध्यक्षको भेटपछि शनिबार ४ बजे बैठक बस्ने प्रचण्ड सचिवालयबाट समाचार बाहिरियो । तर, शुक्रबार साँझ नै सचिवालयका सदस्यले बैठकबारे अनभिज्ञता प्रकट गरिरहेका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलका अनुसार शुक्रबार नेकपाको सचिवालय बैठक ४ बजे बस्ने समाचार बाहिरिएको थियो । तर, अर्का अध्यक्ष ओलीको सचिवालयले भने बैठकबारे अनभिज्ञता प्रकट गरिरहेको छ ।

नेकपा स्रोतका अनुसार अहिलेसम्म सचिवालय सदस्यलाई बैठकबारे खबर गरिएको छैन । र, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दैनिक कार्यक्रमको सूचीमा पनि परेको छैन ।

१५ असोजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरिकाको राजदूतमा युवराज खतिवडालाई सिफारिस गर्ने निर्णयले नेकपामा थप तनाव बढाएको छ ।

राजनीतिक नियुक्तिमा पार्टीमा छलफलपछि मात्रै गर्ने पूर्वसहमति विपरीत ओलीले मन्त्रिपरिषद्बाट निर्णय लिएपछि अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल असन्तुष्ट छन् ।

सोही असन्तुष्टि जनाउन १६ असोज विहानै प्रचण्ड बालुवाटार पुगेका थिए । त्यही भेटमा १७ असोजमा सचिवालय बैठक बस्ने निर्णय भएको समाचार आएको थियो ।

सम्बन्धित समाचार

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

पोखरा, ३० चैत-गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

पसल खोल्न र जोरबिजोरमा सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, २८ जेठ-सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  साथै, बैठकले...

बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीलाई

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको फाइनलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि जितेको हो । पुरुषतर्फ...

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्