प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा चार महिला र पाँच पुरुष, पथरीशनिश्चरेमा दुई महिला र सात पुरुष, रंगेलीमा एक महिला र दुई पुरुष, कटहरी र बूढीगंगामा एक/एक पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

उता, सुनसरीमा इटहरीमा दुई महिला र सात पुरुष, धरानमा दुई महिला र तीन पुरुष, दुहवीमा तीन पुरुष, हरिनगरमा दुई पुरुष, गढी र रामधुनीमा एक/एक पुरुष,  स्थानीय तह नखुलेका दुई पुरुष, झापाको मेचीनगरमा चार महिला र नौ पुरुष, भद्रपुरमा दुई महिला र दुई पुरुष, कनकाईमा दुई, दमक र विर्तामोडमा एक/एक पुरुष, तेह्रथुमको छथरमा एक महिला स्थानीय तह नखुलेका एक पुरुष र प्रदेश १ बाहिरमा पाँच पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ माकोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

प्रदेश १ मा शुक्रबार १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट आठ, न्युरो अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा शुक्रबार आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिलार १३२ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १ असोर ।ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी...

विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने

काठमाडौं, ९ जेठ । विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको...

प्रचण्डको माया लाग्छ तर काँध हाल्न सकिँदैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ राखेका हुन् ।...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

बीपी प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छ बुँदे सहमति

विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्