टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

 न्यूज विराट
टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ । 

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् ।

घटस्थापनाको साइत १ कात्तिक शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले  जानकारी दिए ।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र सुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन । २ कात्तिक आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ ।

५ कात्तिक बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । ७ कात्तिक शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दसैँ घरमा फूलपाती भित्र्याइन्छ ।

७ कात्तिक शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

८ कात्तिक शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । ९ कात्तिक आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

दसैँको मुख्य दिन १० कात्तिक सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले बताए ।

विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ ।

सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।

शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडा दसैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण १ कात्तिकदेखि सुरु हुँदैछ ।  मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ । रासस

सम्बन्धित समाचार

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

भुजेल भाषा र लिपी पुस्तक बिमोचन

विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

मोटरसाइकल जोगाउँदा मोरङको बाँसबारीमा बस पल्टियो, १८ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । सिराहाबाट यात्रु...

‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

काठमाडौं, २५ जेठ-आज विश्व खाद्य दिवस । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइँदै छ । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई खाद्य दिवसको...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्