प्रदेश १ मा मंगलबार संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने बढी

 न्यूज विराट
प्रदेश १ मा मंगलबार संक्रमित थपिनेभन्दा डिस्चार्ज हुने बढी

विराटनगर, १३ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १÷१ जना पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १÷१ र प्रदेश १ बाहिरका ४ जना थपिएका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीयतह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीयतह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३÷३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीयतह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १÷१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार एकैदिन १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आइतबारयता भेटिएका छैनन् नयाँ संक्रमित

आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश...

‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न...

प्रथम पालिका स्तरीय अध्यक्ष कपको उपाधि मोरङ पुलिसलाई

विराटनगर । मोरङको कटहरीमा भएको प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मोरङ प्रहरीले जितेको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान शनिबार सम्पन्न भएको फाइलनमा घरेलु टिम कटहरी ५ लाई १–० गोलले हराउँदै मोरङ...

संसारीमाई मन्दीरमा प्रवेश गरी बहुमुल्य सामान चोरी गर्ने पक्राउ

विराटनगर, माघ २६–मोरङको रंगेली नगरपालिकास्थित संसारी माई मन्दिरमा चोरी गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सो चोरीको घटनामा संलग्न रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन

विराटनगर । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन भएको छ । खोटाङ सेवा सामाजिक मञ्चले आयोजना गरेको कार्यक्रममा सो कविता सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा...

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्