जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

 न्यूज विराट
जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए ।

‘काठमाडौं पठाउनुपर्ने एक जना कैदीबन्दीको पीसीआर परीक्षण गर्दा पोजिटिभ आयो’, उनले भने, ‘ती बन्दीको कन्ट्याक ट्रेसिङको आधारमा अरूको पीसीआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।’ २२ जनाको पीसीआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उपचारका लागि संक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । संक्रमित बन्दी भएकाले सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । कारागारमा कोरोना संक्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।

आज बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना सङक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोनो सङक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय सङ्क्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

विराटनगरमा थ्रिबीज एजुकेसन सञ्चालनमा

विराटनगर । विराटनगरको सनसारीमाइस्थानमा थ्रिबिज एजुकेसन एन्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको...

प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ-प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २...

संक्रमण राेकथामकाे फ्रन्ट लाइनमा खटिएका १० जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं, ६ जेठ-कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा रहेका छन् । सोमबारसम्ममा ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ९ जना सुरक्षाकर्मीमा कोरोना...

सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो

विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...

स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले...

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्