५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

 न्यूज विराट
५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ । 

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमित मध्ये २ सय १५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् ।

सुर्खेतमा मात्रै २ सय ७३ जना मध्ये १ सय ६९ जना सक्रिय संक्रमित घरमै रहेको पाइएको हो । यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका संक्रमित लाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।

अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश संक्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरु संक्रमित लाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।  -रासस

सम्बन्धित समाचार

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

काठमाडौं, ११ जेठ-कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

२४ घण्टामा १८० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ असार-सोमबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यष मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा...

बाबुरामले भने : लोकतन्त्रका हत्यारादेखि सावधान

समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...

भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी...

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार नाघ्यो

एजेन्सी, ७ भदौ-गत २४ घण्टामा भारतमा ७० हजार कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । शनिबार त्यहाँ अहिलेसम्मककै बढी ७० हजार नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्