प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १÷१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५÷५ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे ‘ब्रिफिङ’

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ । मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा...

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल...

प्रहरी निरीक्षक ऋषि राज ढकाल उत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको...

सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख जना नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु...

सिटी सफारीमा छोडिएको साढे तीन लाखको गहना ट्राफिक प्रहरीको सक्रियतामा धनीलाई दिइयो

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा सिटी रिक्सामा छोडिएको साढे तीन लाखको सुनको गरगहना फेला परेको छ ।विराटनगर–१ पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सिटी रिक्सामा हराएको सुनको गहना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्