नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

 न्यूज विराट
नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११ जनाको कोरोना संक्रमणबाट निधन भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका ३७, ९० र ८३ तथा कास्कीका ६३ वर्षीया महिलाको निधन भएको छ । त्यस्तै, सिरहाका ८७ र ६२, मोरङका ७३, सर्लाहीका ३५, दोलखा ६९ र बाँके ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा थप ३२६ सहित देशभर ९ हजार ७९ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार देशभरबाट आज १ हजार ७ सय ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...

सुनको भाउ आज पनि ताेलामा १ हजार रुपैयाँ घट्याे, चाँदीकाे स्थिर

सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा...

तालमेलको मोडालिटीबारे गठबन्धनकाे छलफल अन्योलमा

काठमाडौं, २४ चैत । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो । तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ...

दाजु भाई मिलेर बाबुको हत्या गरि घरमै खाडल खनेर पुरेको खुलासा

विराटनगर, जेठ ८–विराटनगरमा दुईभाइ छोरा मिलेर आफ्नै बृद्ध बाबुलाई अमानविय ढंगले हत्या गरेका छन् । हत्यापछि उनीहरुले शवलाई घरकै कोठामा खाडल खनेर पुरिदिएका थिए । विराटनगर–१४ झटियाहीका २९ वर्षीय रोहित र २६ वषर््ीाय नागेन्द्र चौहानले...

प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

विराटनगर, असार ३०–प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डिगढी स्थित कोभिड–१९ आईसोलेसन केन्दबाट ६ महिला...

ट्राफिक प्रहरीद्धारा सडकको जेब्रा क्रसिङ्गमा रङ लगाइयो

विराटनगर । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यको पहलमा विराटनगर– इटहरी सकड खण्डमा जेब्रा क्रसिङमा रङ लगाएको छ । विराटनगर इटहरी खण्ड अन्र्तगत बुढीगंगा गाउँपालिका २ विराट मेडिकल कलेज...

प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्