कोरोनाबाट काठमाडौंका ३ महिलासहित एकै दिन १४ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट काठमाडौंका ३ महिलासहित एकै दिन १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट निधन भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला काठमाडौंका छन् । काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिलाको निधन भएको हो । त्यस्तै, चितवनको ३५ वर्षीया महिलाको पनि कोरोनाका कारण निधन भएको उनले बताए ।

त्यस्तै, कोरोना संक्रमणबाट सप्तरीका दुई ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रूपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा थप ४५४ सहित देशभर एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार देशभरबाट आज एक हजार तीन सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा...

भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...

एक कार्यालयबाट मात्र इजाजत दिन निर्माण व्यवसायीको माग

विराटनगर । निर्माण व्यवसायीहरुले एक कार्यालयबाट मात्र इजाजत दिन सरकारसँग माग राखेका छन् । अहिले निर्माण इजाजत गाउँपालिका स्तर बाट सोझै दिने व्यवस्था गरिएको छ । जसले गर्दा यसरी बाडिएका इजाजतहरूको रेकर्ड समेत जिल्ला संघहरू...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...

वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्