मन्त्री घिमिरेको स्वास्थ्य सुधार

 न्यूज विराट
मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयले आज विज्ञप्ती प्रकाशित गरि मन्त्री घिमिरेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ । उनको ज्वरो र झाडापखाला नियन्त्रणमा आएको आएको विज्ञप्तिमा उल्लेख छ । रक्तचाप केही बढेको, जिउ दुख्ने, नाक बन्द हुने र सामान्य खोकी लागेको प्रमुख स्वकीय सचिव तिलकबहादुर वस्नेतद्धारा जारी विज्ञप्तिमा जनाईको छ ।

कोरोना संक्रमण पुष्टि भएका दिन कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सकले मन्त्रि घिमिरेलाई सरकारी निवासमा आएर स्वास्थ्य परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएको भोलिपल्ट देखि मन्त्रि घिमिरेले अक्सिजनको मात्रा, ज्वरो र पल्स परीक्षण गरि चिकित्सकलाई रिपोर्टिङ गर्दै आएका छन् ।

उनको अक्सिजनको मात्रा, ज्वरो र पल्सको अवस्था सामान्य रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका चिकित्सक डा.मिलन वस्नेतले बताए । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग

काठमाडौं, ७ माघ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार निधन भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका...

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

पोखरा, १९ जेठ-गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिकाका ३६, २२ र विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षी किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै स्थानीय...

शिशु बेपत्ता पर्ने डाक्टर कर्णलाई हस्पिटलले दियो डिस्चार्ज, अनुसन्धान सुरु

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनलाई पक्राउ...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

अमेरिकामा अफ्रिकी मूलका प्रदर्शनकारीमाथि ट्रक चलाइयो

एजेन्सी, जेठ १९-अमेरिकाको मिनेशोटा राज्यमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको मृत्युलाई लिएर भइरहेको प्रदर्शनमा एक चालकले ट्रक चलाएका छन् । मिनेशोटाको मिनियापोलिसमा गत साता अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको प्रहरीले घाँटी थिचेका कारण मृत्यु भएपछि...

नेपाल प्रहरीको एआईजीमा कार्की र शाही सिफारिस 

काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्