२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

 न्यूज विराट
२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४४ महिला र ७ सय २५ जना पुरुष गरी कुल १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४० हजार नाघेको छ । आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् । १० हजार ८ सय ३२ रहेको छ भने ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २२ हजार १७८ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५५ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म कुल परीक्षण ७ लाख ५ हजार ५६० जना गरिएको मन्त्रालयले जनाइएको छ । देशभर ७ हजार ३९० जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए...

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

काठमाडौं, १४ साउन-राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व...

अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ । डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु...

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

सीमा विवादबारे नेकपाका ६ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र...

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

बुटवल, २ जेठ-प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्