एजेन्सी, भदौ १५-भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पहिचान भएका छन् । यो अवधिमा ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसै अवधिमा ९ सय ७१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ६४ हजार ४ सय ६९ पुगेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले देशमा अब कोभिड–१९ का संक्रमितको कुल संख्या ३६ लाख २१ हजार २ सय ४६ पुगेको जनाएको छ । यीमध्ये २७ लाख ७४ हजार ८ सय २ जना निको भएर घर फर्किइसकेका छन् ।
पछिल्ला केही दिनमा भारतमा दैनिक कोरोनाका ७० हजारभन्दा बढी नयाँ संक्रमित भेटिने गरेका थिए । तर, यो पहिलो पटक हो, जहाँ एकैदिन ७८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।