२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

 न्यूज विराट
२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

काठमाडौं, १० भदौ-बुधबार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुने महोत्तरीका ३, कैलाली र बाराका २/२, मोरङ, भक्तपुर, काठमाडौं र बाँकेका १/१ जनाको निधन भएको उनले बताए ।

उनका अनुसार मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको निधन भएको छ । त्यस्तै महोत्तरीमा ३ जना ६०, ७२ र ७५, कैलालीमा ४५ र ५०, बारामा ४१ र ४६, बाँकेमा ३७, काठमाडौंमा ५१ वर्षीय पुरुषको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १७५ पुगेको छ ।

आज उपत्यकामा ३०१ जनासहित देशभर थप ८५५ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३४ हजार ४ सय १८  पुगेको छ । यसमध्ये १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित छन् । आजसम्ममा १९ हजार ४ सय ५ जना निको भएका मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...

प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले...

सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क...

संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

विभिन्न संवैधानिक निकायमा नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार नियुक्त भएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्