१९ हजार ४०५ संक्रमित निको भए

 न्यूज विराट
१९ हजार ४०५ संक्रमित निको भए

काठमाडौं, १० भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ३८५ जनाको संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट संक्रमण निको भएर ३८५ जना डिस्चार्ज भएको बताए ।

अहिलेसम्म निको हुनेको संख्या १९ हजार ४०५ पुगेको मन्त्रालयको तथ्यांक छ । जसमा प्रदेश १ मा १ हजार ३ सय ५६, प्रदेश २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै, प्रदेश ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५६.६ प्रतिशत डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...

रानी मिनी महोत्सवमा बुधबार भोजपुरी गायक सुमित पन्डितको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी रानी मिनी महोत्सवमा भोजपुरी गायक सुमित पन्डितको धमकेदार प्रस्तुती हुने भएको छ । भोली बधुबार साझमा भोजपुरी गायक पन्डितको प्रस्तुती रहने विक्की भगतले जानकारी दिए । गायक पन्डितको चर्चित भोजपुरी गीतहरु...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन मार्चपछि पहिलो पटक सार्वजनिक 

एजेन्सी, जेठ १३-अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने पक्का भएका नेता जो बाइडेन मार्चपछि पहिलो पटक घरबाहिर निस्किएका छन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन करिब १० सातापछि मास्कसहित...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

संविधान जारी भएको ६ वर्ष पूरा, विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

काठमाडौं, ३ असोज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्