पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

 न्यूज विराट
पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

नियमानुसार पाइने पारिश्रमिक लामो समयदेखि नपाएको र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्तासमेत उपलब्ध नगराएकाले राजीनामा दिन बाध्य भएको नाम नबताउने शर्तमा एक स्वास्थ्यकर्मीले बताइन् ।

‘यस्तो विषम् परिस्थितिमा समेत काम गरेबापत प्रोत्साहन पाउनु त कता हो कता तलबसमेत समयमा पाएका छैनौँ,’ उनले भनिन्, ‘यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा पनि हाम्रो बारेमा अस्पताल प्रशासनले खासै ध्यान दिएन, त्यसैले राजीनामा दिन बाध्य भयौँ ।’

सो विषयमा नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको स्वीकार गरे । ‘आज उहाँहरूले सामूहिक राजीनामा दिनु भएको छ,’ उनले भने, ‘तर, उक्त राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरेको छैन । यो विषयमा भोलि छलफल हुनेछ ।’

उनका अनुसार स्वास्थ्यकर्मीहरूले ५ हजार रुपैयाँ पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै आएका थिए । तर, व्यवस्थापनले दिन नसक्ने अडान राख्दै आएको श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिको विराटनर शाखामा बिमा गरेका कटहरी गाउपालिका ४ का नरेश कुमार कामतका आमा जिन्दा देबि कामतलाई १० लाख ४६ हजार रुपैया दाबी...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

आज ३०५१ संक्रमित थपिए, ३४३० जना डिस्चार्ज

काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् ।  योसँगै संक्रमितको...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्