विराटनगर, ४ भदौ–विराटनगर–१४ स्थित को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्राचार्य डा. सुभाषश्री पोखरेललाई हस्तान्तरण गरे ।
स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्राचार्य डा. पोखरेलले विराट क्याम्पसको उचाईलाई कायम राख्नेगरि काम गरिने प्रतिवद्धता जनाए । सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरि विश्वविद्यालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए ।
उनले विराट क्याम्पस विश्वविद्यालयको सवैभन्दा ठुलो दाता भएको बताए । मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने मन्त्री घिमिरेले बताए ।
सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गरिने मन्त्री घिमिरेले बताए ।