नेपालको नयाँ नक्सापछि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

 न्यूज विराट
नेपालको नयाँ नक्सापछि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला, २० साउन-भारतले धार्चुलादेखि कालापानीसम्मको सीमाक्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ ।

सीमाक्षेत्रमा सवारीसाधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । ‘विगतमा यतिका भारतीय सुरक्षाकर्मीका सवारीसाधन यस सडकखण्डमा आउँदैन थिए’, व्यास–२ का मुकेश बुढाथोकीले भने, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौजसमेत गरेका थिए ।’

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ ।  भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै  आएको छ ।

भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभागमार्फत डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामीले भने, ‘ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।’

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।

व्यासका भन्छन्, ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।’ भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानीनजिकैका कौवा र तिंकरमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दै छ ।

नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।’ रासस

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

काठमाडौं, २३ असोज-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका अनुसार...

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...

हिसान स्पोर्ट्स मिटमा मेरील्याण्डका विद्यार्थीले ल्याए स्वर्ण पदक

विराटनगर । हिसान स्पोर्ट्स मिटमा विराटनगरस्थित मेरील्याण्ड कलेजका दुइ जना छात्राले स्वर्ण पदक जितेका छन् । हिसान स्पोर्ट्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगितामा सौगात कोइराला र प्रतिकजंग बस्नेतले स्वर्ण पदक जितेका हुन् । कोइराला र...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

चीनका राष्ट्रपति सीद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

एजेन्सी, जेठ १४-चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक...

सुन राख्ने खाली बट्टा तस्करी गर्ने तीन जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा सुन राख्ने खाली बट्टापनि तस्करी गरी ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रबार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्