प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा  ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला, रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.मेहताले बताए । प्रदेश १ मा हाल सम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन्:हृदयेश त्रिपाठी

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्मको मात्र भएको दावी गरे । गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा...

हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ । गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत...

रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

काठमाडौं, १९ जेठ-प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम  घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्