झापाकाे अर्जुनधारा ५ दिनका लागि लकडाउन

 न्यूज विराट
झापाकाे अर्जुनधारा ५ दिनका लागि लकडाउन

झापा, १८ साउन-झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । 

केही दिनअघि अर्जुनधारा–१ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए ।

उनले सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको जानकारी दिए ।

उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनले बताए । सङ्घसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए ।

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । ५ दिनका लागि गरिएको यो व्यवस्था सङ्क्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन  

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश...

कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

काठमाडौं, २ भदौ । नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वयन नगर्न माग गर्दै माधवकुमार नेपालसहित १४ सांसद संसद सचिवालय पुगेका छन् । बुधबार संसद सचिवालय पुगेर सांसदद्वय जीवनराम श्रेष्ठ र विरोध खतिवडाले नेपालसहित १४ सांसदमाथि गरिएको...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

शुक्रबार देशभर २२४ जनामा संक्रमण पुष्टि, थप १५१ जनाले जिते कोरोना

काठमाडौं, १६ साउन-शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए । योसँगै नेपालमा कोरोना...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

विराटनगर । कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ । अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको...

अपाङ्गता भएका व्यक्तिहरूको बहुप्रतिभा कार्यक्रम

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले बहुप्रतिभा कार्यक्रम आयोजना गरिएको छ । सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा बुधबार बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता,...

बीपीमा कोरोनाबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु

विराटनगर,  २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ ।  प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्