जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

 न्यूज विराट
जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

विराटनगर, साउन १६ؘ–पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डित जनताको समस्यामा समाधानमा निरन्तर लागि पर्दै आएका छन् । निर्वाचनमा जनतामाझ गरेको बाचा अनुसार आफ्नो क्षेत्रको विकास निर्माण र समस्या समाधानमा निरन्तर लागि पर्दैै आएका हुन् ।

नेपाल सरकारले जारी गरेको बन्दाबन्दी अघि प्रत्येक महिना गहृनगर मोरङ आएर स्थानीय विकास निर्माण तथा जनताका समस्या समाधानका लागि आवश्यक योजनाका फायल बोकेर काठमाडौं फर्किने गरेका सांसद पण्डित बन्दाबन्दी यता मोरङ आउन पाएका थिएनन् ।

बन्दाबन्दीमा संघिय राजधानी काठमाडौंमै रहेपनि आफ्ना कार्यकर्ताहरु मार्फत दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गराउनेदेखि निर्वाचन क्षेत्रका विकास निर्माणका काम र जनताका समस्याका बारेमा बेखबर बनेनन् ।

काठमाडौंमै रहेपनि बन्दाबन्दीले पारेको प्रभाव र त्यसको असरले निम्त्याएका समस्याहरुमा जनतालाई निरन्तर साथ दिए । सच्चा राष्ट्रावादी एवम् जनताप्रति उत्तरदायी नेताको छवि बनाएका सांसद पण्डितले आफुले जनताको काम प्रथामिकतामा राखेर आफ्नो क्षेत्रको चातर्फी विकासमा अग्रसर रहेका छन् ।

सांसद पण्डित कोरोना माहामारीका बिचमा पनि केही दिन अघि विराटनगर आएर जनताको सामस्या, पिरमर्का र गुनासो सुनेर समस्या समाधानका लागि पहल गर्न काठमाडौं फर्किए । करीब एक सता गृहनगर बसेका उनले यसबिचमा आफ्नो क्षेत्रका विकास आयोजनाहरुको अनुगमन, कामको प्रगित लगायतका विषयमा बुझेका छन् ।

त्ससैगरी निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम, विभिन्न संघ संस्थाले आयोजना गरेका दर्जनौँ कार्यक्रम, झरी र बाढीकै बिचमा पनि स्थानीय जनताको घरदैलोमा पुगेर पिरमर्का बुझ्नुका साथै सुझाव र गुनासा बुझेर स्थानीय समाधानका लागि पुनः काठमाडौं फर्किएको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

विराटनगर आएदेखि व्यस्त बनेका सांसद पण्डित काठमाडौं नहिडुन्जेलन जनताकै बिचमा रहे । नेता चौधरीका अनुसार सांसद पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकासका कामको अनुगमन तथा जनताको गुनासो सुन्न घरदैलो पुगे । सांसद पण्डितले गएको सोमबार र मंगलबार मोरङ क्षेत्र नम्बर ६ अन्तरगत सुन्दरहरैंचा नगरपालिका क्षेत्रको अनुगमन गरे ।

उनले स्थानीय नेकपाका नेता कार्यकर्तासहित सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४, ५, ६, ७, २ र ३ नम्बर वडामा भएका विकासका कामहरुको अनुगमन गरेका हुन् । खासगरि निर्माणाधिन काम र सम्पन्न भएका कामको अनुगमन गर्नुका साथै जनताका गुनासाहरु सुनेको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले जानकारी दिए ।

पूर्वमन्त्री तथा आफ्नो क्षेत्रको सांसद् नै घरदैलोमा आएर समस्या सुनिदिए पछि स्थानीयबासी समेत हर्षित भएका छन् । सुन्दरहरैंचा २ बेलडाँगीका स्थानीयबासीले मन्त्री पण्डितले चुनावमा गरेको प्रतिवद्धता अनुसार आफ्नो क्षेत्रमा बाटो बनाउन पहल गरिदएकोमा खुशी व्यक्त गरेका छन् ।

यस्तै स्थानीयले बाढीले कटान गरेर बस्ती नै जोखिममा परेको, बाटो विग्रिएको, विद्यालयको भवन जीर्ण भएको लगायतका समस्या समाधानका लागि आग्रह समेत गरे । जनताको गुनासो सुनेपछि मन्त्री पण्डितले आफुले सकेको पहल गर्ने भन्दै के कति बजेट आवश्यक पर्ने हो सो विषयमा स्थानीय नेताहरुलाई जानकारी गराउने आग्रह गरे ।

सांसद पण्डितले अनुगमनका क्रममा केही कामहरु सन्तोषजनक पाइए पनि केही काम भने बजेट अनुसारको नभएको भनेर गुनासो आएको जानकारी दिए । पूर्वमन्त्री तथा सांसद् पण्डितमार्फत सो क्षेत्रमा बूढी खोलामा पक्की पुल, झोलुङ्गे पुल, सडक कालोपत्रे, भवन निर्माण लगायतका करोडौं रुपैयाँको विकासका काम अघि बढेका छन् ।

त्यसैगरी सांसद पण्डितले तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत निर्मित बुढीगंगा–७ स्थित सर्व हितेषि आधारभुत विद्यालयको भवन उद्घघाटन गरेका छन् भने कर्मवीर मावि र विराट बहिरा माविको अवलोकन गरे । त्यस्तै विराटनगर–५ मा निर्माण भईरहेको सामुहिक आवासलगायत विभिन्न टोलहरूका विकास निर्माणका कामको अगुगमनका साथै स्थनीय जनतासँग भेटेर सोबारे छलफल गरेका छन् ।

उनले बुढीगंगा गाउँपालिकास्थित मुस्लिम सामुदायिक भवन साथै निर्माणनधिन झोलुङे पुलको अनुगमनका तथा जनतासँग भेटघाट, नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतनै विराटनगर पान्चाली स्थित लक्ष्मीनारायण मन्दिरको निर्माधिन भवनको अवलोकन, जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेका घरहरुको अनुगमन समेत गरे ।

यसैबिचमा पूर्वमन्त्री तथा सांसद पण्डितलाई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्तरुपमा स्वागत तथा सम्मान गरेको छ । यसबाहेक पनि पण्डित दर्जनौँ कार्यक्रममा सहभागि, अगुवा कार्यकर्तासँग भेटघाट एवम् बाढी प्रभावित क्षेत्रका जनताका समस्यालगायतका विषयमा छलफल गरि समस्या समाधानका लागि पहल गर्न पुनः काठमाडौं फर्किएको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

बुटवलमा १ सय ५ जनाले छाडे कांग्रेस

रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् । बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।...

विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर, २७ साउन–विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्