पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

 न्यूज विराट
पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार बसेको पुरस्कार छनौट समितिले गरेको हो ।

पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानको सहकार्यका स्थापित सो पुरस्कार यस वर्षदेखि नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्न लागेको हो । पुरस्कारसम्बन्धमा गत वर्ष प्रतिष्ठान र महासंघबीच सम्झौता भई तीन लाखको अक्षयकोष राखिएको छ ।

कोषबाट प्राप्त ब्याजबाट पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार र खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार गरी दुई पुरस्कार दिने गरिएको छ । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार पत्रकार पौडेल प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार तत्कालीन समयमा कोशराज रेग्मीले आफ्ना पितामाताको स्मृतिमा २०४२ सालदेखि प्रदान गर्दै आएका थिए । उनको निधनपश्चात परिवारले २०७५ पुस २ गते नेपाल पत्रकार महासंघ मोरङ शाखासँग सम्झौता गरी अक्षयकोश स्थापना गरेको थियो ।

पत्रकार पौडेललाई सो पुरस्कार यही भदौ ३ गते मोतीराम भट्ट जयन्तीका दिन विराटनगरमा प्रदान गरिने महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

७२ प्रतिशत संक्रमितले जिते कोरोना, उपचार सफलतामा नेपाल अगाडि

काठमाडौं, २५ साउन-राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् । सार्क...

रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली

काठमाडाैं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका परिवारलाई राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको विषय पनि नभएको बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरूको संसदमा जवाफ...

पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी, जेठ ८-गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

विराटनगर, जेठ १२–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा...

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्