कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

 न्यूज विराट
कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर मेसिनमा केहिदिन यता प्राविधिक समस्या आएको जानकारी दिए । मेशिनमा समस्या आएपछि मर्मत गर्न पठाउने तयारी गरिएको उनले बताए ।

सोमबारसम्म संकलन भएका स्वाबको नमूना परीक्षण गरिएको तर समस्या भने केहिदिन अगाडीदेखि नै देखिदैं आएको मेसु दासले बताए । ममर्तका लागि आजै काठमाडौँ पठाउने तयारी भईरहेको र नयाँ मेशिन समेत जडान गर्ने प्रक्रिया सुरु गरिएको बताइएको छ ।

अस्पतालमा नियमित औषधी आपूर्ति गर्दै आएका औषधि सप्लायर्सबाट केही समयका लागि अर्काे मेशिन लिएर जडान गरिएको छ । अस्पतालको ल्याब शाखाका अनुसार भाइरस पत्ता लगाउने कार्य अटोमेटेड र म्यानुअल्ली तरिकाबाट गर्दै पीसीआरबाट अन्तिम रिपोर्ट आउने गर्दछ । कम्तीमा ७२ वटा स्वाब नमूनामा रिपोर्ट दिने क्षमता रहेको सो मेशिन केहिवर्ष अगाडीदेखि नै कोशीमा रहेको थियो ।

सम्बन्धित समाचार

कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...

इटहरीमा स्ट्रोक मास्टर क्लास सम्पन्न, हालसम्म तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी लाभान्वित

इटहरी । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा सुनसरीको इटहरीमा शुक्रबार स्ट्रोक मास्टर क्लास सम्पन्न भएको छ। स्ट्रोकको उपचारसम्बन्धी अत्याधुनिक प्रविधि, तरिका र उपचार पद्धतिका बारेमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

कवाडी गोदाममा आगलागी अपडेट : घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर ७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । मण्डलको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका डिएसपी रन्जन कुमार...

इटहरी उपमहानगरका लेखा अधिकृत घूससहित पक्राउ पक्राउ

सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज  पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

विराटनगर, असार ११-नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्