सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

 न्यूज विराट
सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताए । कतिपय सङ्क्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए ।

कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आएका प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिए डा. झाले भने, ‘सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।’

पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितहरूको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए ।

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत २४ जेठबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएपछि ३ हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा. झाको भनाइ छ । प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पीसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।

सप्तरीमा देखिएका कूल ४४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४२१ जनाले सेवा लिएका छन् । उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिए । राजविराजस्थित १७८ श्ययाको आइसोलेशन केन्द्रमा एकैपटक १७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफूहरू सफल भएको उनले बताए ।

उनले अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । ८ जना डाक्टर र १२ जना नर्स गरी २० जना स्थायी जनशक्ति रहेको अस्पतालका करार कर्मचारीका भरमा काम गर्नुपरेको बताउँदै डा झाले भने ‘महिनौंदेखि पैसा नआएर तलब दिन नसकिएको अवस्थामा करारका कर्मचारीलाई अस्पताल र आइसोलेशनमा जोखिमयुक्त काममा खटाउनु परेको छ ।’

अस्पतालकै लागि जनशक्ति अभाव रहेका बेला १७८ श्ययाको आइसोलेशन पनि ती जनशक्तिले सम्हाल्नु पर्दा अझै समस्या भएको उनले बताए । ४ दिनअघि आकस्मिक कक्षका १ बिरामीमा समेत कोरोना पुष्टि देखिएपछि ४ चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन गर्नु पर्दा सेवा झनै प्रभावित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले पनि सधैँभरी भीटीएमको अभाव हुँदा पीसीआर परीक्षण तीव्र गतिमा अघि बढ्न नसकेको बताए । पछिल्लो पटक प्रदेश सरकारले उपलब्ध गराएको १ हजार भीटीएम पनि सकिने अवस्थामा रहेकाले तत्कालै ५ हजार भीटीएमको व्यवस्था गर्न माग गर्दै यादवले मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराए ।

‘कोरोनाको सङ्क्रमण जुन गतिले समुदायमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न परीक्षण बढाउनुको विकल्प छैन’ उनले भने ‘तर, भीटीएमलगायतका नसुरक्षा सामग्रीको अभाव छ, तत्कालै व्यवस्था मिलाई दिन आग्रह गर्छु ।’

यसैगरी, पीसीआर परीक्षणलगायतका अन्य व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानमा पुग्न सवारी साधन तथा आमा समूह र स्वयं सेविकाहरूलाई परिचालन गर्न आवश्यक पर्ने बजेटको पनि व्यवस्था गर्नुपर्ने उनले बताए । – रासस

सम्बन्धित समाचार

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

लायन्स हेल्थ प्रोफेसनलको सप्ताहव्यापी कार्यक्रम सकियो, हप्ताभरी सामाजिक काम

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो । डा. सुनिल रेग्मीले आफ्नो...

मन्त्री कार्कीद्वारा मोरङको मावा, बक्राहा र चिसाङ कटान निरीक्षण

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...

उद्योग संगठन मोरङद्धारा शुभकामना आदन प्रदान कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...

समाजवादी मोर्चाको सभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

विराटनगर । चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार आज प्रदेश राजधानी हेटौंडामा हुने भएको छ। सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज बागमती प्रदेशस्तरीय सभा गर्न लागेको हो। नेकपा एकीकृत समाजवादी, बागमती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्