कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो

 न्यूज विराट
कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो

काठमाडौं, १० साउन-कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।

अहिले नयाँ संक्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।

उनका अनुसार हालै काठमाडौं उपत्यकामा देखिएका १६ मध्ये ९ जनामा लक्षण देखिएको छ । ‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन’, उनले भने, ‘तर अहिले देखिएका संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।’

लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही ७ साउनदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका संक्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये ८ जना कोभिड–१९ का लक्षण देखिएका संक्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् ।

‘अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका संक्रमित उपचार गराउन आउँछन्’, उनले भने, ‘ती कतिपय संक्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने संक्रमितमा लक्षण देखिन थालेका बताए । ‘पहिले अस्पतालमा भर्ना हुने संक्रमित लक्षणविहिन रहेका थिए’, उनले भने, ‘तर अहिले अस्पतालमा भर्ना भएका संक्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।’ उनका अनुसार अहिले अस्पतालमा १५ जना संक्रमित भर्ना भएकामा ३ जनामा सामान्य लक्षण देखिएका छन् ।

अस्पताल भर्ना भएका सातजना संक्रमित भारतका रहेका छन् । ती संक्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ संक्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने संक्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का संक्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४०  जना रहेका छन् ।

तीमध्ये ५४ लाख ७५ हजार १६३ जना (३४.९ प्रतिशत) सक्रिय संक्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल संक्रमितको ४.१ प्रतिशत हो । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् । जुन निको हुने ६१ प्रतिशत हो । – रासस

सम्बन्धित समाचार

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...

आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ३१ वैशाख -बुधवार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ । जसमा कैलालीको भजनीका ८, आइसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्तीसमेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

भक्तपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

भक्तुर, १२ वैशाख-अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय...

चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २२ साउन-चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  नेपाल सरकारले जारी राखेको...

निर्णय कार्यान्वयनमा विराटनगर महानगरको चासो , कार्यान्वयन गर्न सरोकारवाला तयार

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र...

चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण

एजेन्सी, २६ असोज चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्