ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

 न्यूज विराट
ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रक्रिया प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्षको पहल र सक्रियातामा सुरु भएको बताए । पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रक्रिया सुरु हुनु र देशभरि जिन्दावाद, मूर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पार्ने उनले बताए ।

‘पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठीकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन, पार्टी संकटमा छ,’ उनले भने, ‘किनकि हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षसमेतको सक्रियता र पहलमा भएको छ । त्यस कारण यसले संकटलाई व्यक्त गरेकै छ ।’

‘अहिले देशभरि नै तपाईंहरूले देखिराख्नुभएकै छ । मुर्दावाद र जिन्दावादका नारा । हामी पार्टीमा छलफलमा छौँ । पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर देशभरि जुलुस भएको छ,’ उनले अगाडि थपे, ‘देशभरिका साथीहरूले हामी के गर्ने भनेर सोधिरहेका छन् । हामीले धैर्य लिनुहोस्, अहिले केही गर्न पर्दैन । पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौँ । तर, त्यस खालका प्रचार पनि भइरहेको छन् ।’

अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्यायसंगत नभएको समेत बताए । पार्टीले निर्णय गरेर दबाब दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्दै उनले मंसिरमा पार्टीको स्थायी कमिटी र माघमा केन्द्रीय कमिटीबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरे पनि सरकारले ‘नक्सा जारी गर्ने होइन, भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे ।

अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरूले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताए । प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्य सचिवलाई फोन गरेर नीति कार्यक्रममा त्यो विषय थप्न लगाएको उनले बताए ।

‘भारतले नक्सा जारी गरेपछि हामीले आफ्नो एक इन्च भूमि पनि छोड्न सक्दैनौँ भन्ने उद्घोषसहित स्थायी कमिटीबाट तुरुन्तै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गर्‍यौँ । सरकारलाई यो नक्सा प्रकाशित गर्न ढिलो गर्नु हुँदैन भनेर मंसिरर २९ बाट सुरु भएको स्थायी कमिटीबाट नक्सा निकाल्ने कुरा गरियो,’ उनले भने ‘तर, सरकाले नक्सा निकाल्नेभन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको तपाईंले सुन्नुभयो होला । पहिले उनीहरूले नक्सा निकाले हामी पनि निकालौँ, अनि भूमि फिर्ताको काम पनि हामीले गर्नैपर्छ भनेर माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नक्सा छिटो प्रकाशित गर्नुपर्‍यो भन्ने निर्णय भयो । तर अन्तिममा आउँदासम्म पनि सरकारले नक्सा प्रकाशनको तयारी गरेन । अन्तिममा नीति कार्यक्रम सम्बन्धि राष्ट्रपतिको सम्बोधन हुने दिन विहानै बसेको सचिवालय बैठकमा हामीले नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पर्नैपर्‍यो भन्यौँ ।’

अध्यक्ष दाहालले पार्टीको निर्णयपछि बल्ल नक्सा जारी गर्न सरकार तयार भएको उल्लेख गर्दै पार्टीको सामूहिक विवकेबाट भएको निर्णय पालन भएको कुरा व्यक्तिको खल्तीमा हाल्ने प्रयास भएको बताए । उनले  पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए । सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिस्ट पार्टीको मान्यतावितपरीत हुन आउने उनले बताए । कम्युनिस्ट पार्टीमा समूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने उनले बताए ।

‘हामीले सामूहिक नेतृत्व विकास गर्न सक्यौँ कि सकेनौँ भनेर हेर्ने हो, २ वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौँ,’ उनले भने, ‘समस्या आउँदा खुला छलफल नगरी निचोड निकाल्ने विधि बपनाएनौँ, त्यसले सरकार पार्टीको सम्बन्ध बिग्रियो । कम्युनिस्ट विचार, मार्क्सवादअनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो । हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो ।’

सम्बन्धित समाचार

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

विराट नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध...

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्