रञ्जन छुटेपछि गीताका बुवाले भने : सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

 न्यूज विराट
रञ्जन छुटेपछि गीताका बुवाले भने : सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

काठमाडौं, ८ साउन-श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्षमै पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।

पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए । मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताए ।

‘मान्छेलाई मरेपनि हुने रहेछ भन्ने सन्देश गयो अब । के डर भयो र ? जघन्य अपराधमा कानूनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने । यस्तो न्यायालयको त्रृटीले समाजमा राम्रो सन्देश जाँदैन्’ उनले भने । सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पूरा हुने भए किन २०/२५ वर्ष राख्नुपर्‍यो भन्दै उनले प्रश्न गरे ।

श्रीमती गीता ढकालको हत्या अभियोगमा ८ माग २०६८ मा पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २३ मंगसिर २०७२ मंसिरमा जिल्लाकै फैसला सदर गरेको थियो । फेरि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन् ।

सम्बन्धित समाचार

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश...

चीनमा पानीजहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक...

बीपी प्रतिष्ठानमा खोप लगाएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...

विराटनगरमा मानव सेवा आश्रमले ‘आमा सेमिनार’ गर्ने

विराटनगर । मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आमा सेमिनार आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

नेकपा केन्द्रीय सदस्य भन्छन्, ‘न्यायालयमा हाम्रै मान्छे छन् दासढुंगाको छानविन गरौँ’

काठमाडौं, ३ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले दासढुंगा हत्याकाण्डको छानविन अहिले नभए कहिल हुन्छ भन्दै प्रश्न गरेका छन् । मदन-आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आज ट्विट गर्दै उनले यस्तो प्रश्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्