कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

 न्यूज विराट
कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ । सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गरिरहेको छ ।

विभिन्न २५ देशबाट ३४ हजार ९२ जना नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ । बंगलदेशबाट ८४१ जना, मलेसियाबाट ४ हजार ७७८ जना, माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट ७ हजार ६१७ जना, साउदी अरबबाट ५ हजार ६११ जना, सिंगापुरबाट १४६ जना फर्किएका छन् ।

यसैगरी, अफगानिस्तानबाट १८ जना, अस्ट्रेलियाबाट ६३४ जना, ओमानबाट ४९२ जना, कतारबाट ३ हजार ९४१ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ५ हजार ५ सय ४९ जना, जापानबाट ७५६ जना, थाइल्याण्डबाट ३२६ जना र दक्षिण कोरियाबाट ४७६ जना फर्किएको उद्धार गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार, हङकङ्बाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९ सय ८० जना, अमेरिकाबाट ४ सय २३ जना बेलायतबाट २ सय २९ जना, इजरायलबाट १ सय २७ जना, चीनबाट १ सय ५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट १ सय ८ जना गरी जम्मा ३४ हजार ९२ जना स्वदेश फर्किएका हुन् ।

विदेशबाट फर्किएकामध्ये २५ हजार ६६० जना सम्बन्धित प्रदेशमा गएका छन् भने ११ सय ४१ जना होटल क्वारेन्टाइनमा बसेको र ३६ सय २३ जना होम क्वारेन्टाइनमा रहेको केन्द्रले जनाएको छ । फर्किएकामध्ये ५६ जना भने अस्पतालमा उपचाररत छन् ।

उनीहरुमध्ये प्रदेश १ का ७ हजार १९० जना, प्रदेश २ का ५ हजार ७११ जना, वाग्मती प्रदेशका ९ हजार ४०८ जना, गण्डकी प्रदेशका ४ हजार ३८० जना, प्रदेश पाँचका ५ हजार ७५४ जना, कर्णाली प्रदेशका ७४९ जना र सुदूरपश्चिम प्रदेशका ८५५ जना छन् ।

सम्बन्धित समाचार

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

डब्लुएचओले दियो अस्ट्राजेनिकाको खोपलाई मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले...

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस

काठमाडौं, २५ पुस । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा...

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी,...

चितवनका कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्