मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

 न्यूज विराट
मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

२४ घण्टाको अवधिमा थप ६०९ जनाले कोरोना भाइरसलाई जितेका छन् । यसरी कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १२ हजार ४७७ पुगेको छ । हालसम्म ६९.३४ प्रतिशतले कोरोना भाइरस संक्रमणलाई जितेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ७०४ जना रहेको छ भने ५ हजार ४७७ जना सक्रिय संक्रमितको देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

उत्तर काेरियाले काेराेनालाई ज्वराे भनिरहेकाे छ, त्यहाँ काेभिड संकट गहिरिएकाे हुनसक्छ: डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...

प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।...

काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

कञ्चनपुर, १५ वैशाख-अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौंमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा...

पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्