कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

 न्यूज विराट
कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराएका हुन् । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए ।

‘सुरुवातमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौँ । उहाँहरूलाई १० दिनभित्रै सम्मान गर्छौं । साथीभाइहरूसँग छलफल गरेर छुटेकालाई पनि सम्झन्छौँ’, प्रमुख बस्नेतले भने । १ स्वर्णलाई १० हजार, २ स्वर्णलाई १५ हजार र ४ स्वर्णलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्न लागिएको हो ।

त्यस्तै, टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गरी यथाशीघ्र टोकियो ओलम्पिकलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसँग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा बर्सेनि राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तिबाट जोगाउन सहयोग पुग्ने कार्यहरू गर्न/गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्‌मा कार्यरत कर्मचारीहरूको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरूको बढुवा प्रक्रिया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका...

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा २ ठाउँमा पहिरो

मकवानपुर, ८ असार-हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती २ ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम...

नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्