बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

 न्यूज विराट
बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर ‘नेपाली’ बनाएको रहस्य खुलेको हो ।

हाल प्रहरी अनुसन्धानमा जबरजस्ती कपाल खौरिन लगाइएको भनिएका नेपाली नागरिक नभएको खुलेको हो । वाराणसीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक नै हुन् ।

प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनको नाम धर्मेन्द्र सिंह रहेको खुलेको हो । उनले १ हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छन् ।

लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि १ हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरूबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ ।

कपाल खौरिएपछि शिरमा जय श्रीरामको नारासमेत लेखेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए । उनी त्यहाँ एउटा साडी पसलको काम गर्ने गरेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

विराटनगरमा जसपाबाट उपमेयरको टिकट उपेन्द्र यादवका छोराले पाए

विराटनगर, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा लाई विराटनगरको उप मेयरमा उठाउने निर्णय गरेको छ । चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका...

नोना कोइराला स्मृति दिवसमा ३५ सुत्केरीलाई न्यानो कपडा र पौषिलो खाना वितरण

विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले...

मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी...

बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड

विराटनगर । सूचना प्रविधिको प्रयोग गरि काम कारवाहीमा सहजता प्रदान गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । विराटनगरको बिग होटलमा मंगलबार आयोजना गरिएको कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र...

देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्