गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

 न्यूज विराट
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन् ।

यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उनले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । घाइते कार्कीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । महासङ्घले उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सम्बन्धित समाचार

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...

सरकारले प्रदेशको नाम पनि दिएन, बस्ने ठाउँपनि दिएन, दाम पनि दिएनः सांसद संग्रौला

विराटनगर, २४ साउन । प्रदेश १ को प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले ४...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् । पोम्पेओले...

सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्