थप एक जनामा कोरोना संक्रमण
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
काठमाडौं, ३१ असार-भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रूपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा नयाँ दर्ता मात्र ४५० थान मुद्दा छन् ।
अघिल्लो आर्थिक वर्षबाट सरिआएको ३९३ थान गरी जम्मा ८४३ मुद्दा रहेका छन् । त्यसमध्ये ६६५ थान मुद्दा फछ्र्यौट गर्न बाँकी छ । ‘अदालतमा मुद्दाको चाप बढ्दै गएको छ,’ विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी भने, ‘पर्याप्त जनशक्तिको अभावका कारण मुद्दा फछ्र्यौटमा ढिलाइ भइरहेको छ, अहिलेसम्म ८४३ थान जस्तो ठूलो मुद्दाको सङ्ख्या यसअघि कहिल्यै पुगेको थिएन ।’
कोरोना भाइरसको महामारीका कारण मुद्दा फछ्र्यौटमा प्रभाव परेको छ । यस आवमा १७८ मुद्दा फछ्र्यौट भएको छ । फैसला भएकामध्ये ८६.५१ प्रतिशत दोषी ठहर भएको छ भने १३.४८ प्रतिशत मुद्दामा सफाइ पाएको छ । एउटा मुद्दा खारेज नै भएको छ ।
मुद्दाको सङ्ख्या अत्यधिक रुपमा वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा आफ्नै भवन नहुनु, वन परिसरको भवन प्रयोग गरिएकामा हाल सो भवनसमेत पर्याप्त नहुनुजस्ता कारण न्याय सम्पादनमा कठिनाइ हुँदै गएको अदालतका अध्यक्ष अधिकारीको भनाइ छ ।
अदालतले हालसम्म धरौटी र बैंक ग्यारेन्टीमार्फत ४८ करोड राजस्व सङ्कलन गरेको छ । उक्त राजश्व सरकारी कोषमा जान्छ । यस आर्थिक वर्षमा धरौटी अदालतले रु १४ करोड २६ लाख ४३ हजार ९२ रहेको छ भने यस आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रु करोड ८९ लाख ६५ हजार ५५ फिर्ता गरेको छ । त्यस्तै, सम्बन्धित मुद्दाका पक्षलाई एक करोड ३३ लाख ५४ हजार ३७५ फिर्ता गरिएको छ ।
विशेष अदालतका अध्यक्ष अधिकारीले अनुसन्धानमा काम गर्ने करिब ४०० प्रहरी भएको तर अदालतमा ४७ जनाको दरबन्दीले अहिले पनि धान्नुपर्ने अवस्था रहेको सुनाए । ‘अहिले अपराधका क्रम पनि फरक खालको छ, सुशासन नै हामीलाई चुनौती भएको छ’ उनले थपे, ‘यहाँ मुद्दाको फाइलमा होइन, बोरामा आउँछन्, सबै हेरेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ, त्यसले गर्दा समयमा न्याय सम्पादन गर्न कठिन छ ।’
अदालतमा फछ्र्यौट हुन बाँकी मुद्दामध्ये दुईवर्ष नाघेका मुद्दा ३१ थान, १८ महिनादेखि २ वर्ष नाघेका मुद्दा ३९ थान, १८ महिनाभित्रका ५९५ थान रहेको छ । अदालतका अध्यक्ष अधिकारीका अनुसार प्रमाण जुटाउन कठिनाइ र प्राविधिक कारणले गर्दा केही मुद्दा फछ्र्यौट गर्न समय लागेको हो । प्रमाणबिना मुद्दा फछ्र्यौट गर्ने कुरा भएन । सबै पक्षबाट प्रमाणहरू सङ्कलन गर्दा समय लाग्ने गरेको छ ।
विशेष अदालत ऐन, २०५९ बमोजिम २०५९ भदौ ६ गते विशिष्टिकृत अदालतका रुपमा विशेष अदालत स्थापना भएको थियो । अदालतले नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय रूपमा स्थापित न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन गर्दै आएको छ । पछिल्लो समयमा अदालतमा मुद्दाको चाप निकै बढदै गएको छ । अदालतले फैसला लेखनको कामलाई भने निकै तिव्रता दिएको छ । यस आवमा १७८ मुद्दा फछ्र्यौट भएकामा १७४ मुद्दाको फैसला लेखिसकेको छ । – रासस
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ...
काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...
काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...
काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...
विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...
बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...
काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.