सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

 न्यूज विराट
सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् ।

प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ । यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो ।

भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल–मोरङ, गित÷संगीत तर्फ वीरध्वज शिवा–मोरङ, लाई सम्मानित गरिने भएको छ । उहाँहरुलाई जनही ५०–५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार दिउँसो १ वजे आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सुर्यराज घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । दुर्घटना परी सात...

धार्मिक सहिष्णुता कायम गरौं : सांसद भिम पराजुली

विराटनगर । कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले धर्म निरीपेक्ष रहेको मुलुकमा धार्मिक सहिष्णुता कायम गरेर अगाडी बढनुपर्ने बताएका छन् । धरानमा गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका बेलामा प्रदेश...

औषधी व्यवसायी संघको स्थपाना दिवसमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । पार्टीको केन्द्रीय निर्वाचन...

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताकोआज भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्