सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

 न्यूज विराट
सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड– १९) का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताए । उनले लकडाउनको समयलाई शून्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताए ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्षपछाडि सार्नुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३.५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यावसायिक घरभाडा छुट दिनुपर्नेलगायतका मागहरू राखिएको अध्यक्ष कटुवालले बताए । उनले लकडाउनका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजीक्षेत्र सम्मिलित समन्वय समिति गठन गर्नसमेत माग गरे ।

सम्बन्धित समाचार

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...

सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

प्रदेश १ का थप ८ जनाले कारोना जिते, भोलि डिस्चार्ज गरिँदै

विराटनगर, बैशाख २५–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई...

स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले...

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ । ‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा...

सुनको मूल्य १ लाख ३ हजार नाघ्यो

काठमाडौं, २३ साउन-नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भउको छापावाल सुनको भाऊ आज प्रतितोला १ लाख ३ हजार ५ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्