पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु
विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...
हेटौंडा, १५ असार-प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले गल्ती गरेको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक प्रस्तुत गरेको ४ दिनपछि बजेटको क्षेत्रगत बाँडफाँड (रातो किताब) सांसदलाई उपलब्ध गराएको भन्दै सदन अवरुद्ध गरेको हो । कांग्रेसले कोरोना कोषबाट भएको खर्च सार्वजनिक नगरेको भन्दै सदनमै चर्को आवाज उठाएको थियो । कांग्रेस सदन अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।
कांग्रेसले सदन अवरुद्ध गरेपछि जवाफ दिने क्रममा मन्त्री ढुङ्गेलले कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । कांग्रेसले मन्त्री ढुङ्गेलबाट गल्ती नदोहोर्याउन प्रतिबद्धता सदनमै राख्नुपर्ने अडान लिएको थियो । मन्त्रीको जवाफ चित्त बुझ्दो नआएकोभन्दै कांग्रेसले पुनः सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसको अवरोधकाबीच सभामुख श्रेष्ठले पुनः प्रतिबद्धतासहित आफ्नो भनाइ राख्न मन्त्रीलाई निर्देशन दिएका थिए । सोही क्रममा मन्त्री ढुङ्गेले आगामी दिनमा यस्ता कमिकमजोरीलाई नदोहोर्याउने प्रतिबद्धता जनाएपश्चात् सदन सुचारु भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मन्त्री ढुंगेलले संसद र सभामुखलाई ढाँटेको आरोप लगाएका थिए ।
कांग्रेसले प्रदेशको नीति तथा योजना आयोग खारेजीको समेत माग कांग्रेसले गरेको छ । ‘सरकारका योजनाहरू सीधै मन्त्रालयबाट आएको छ । योजना आयोग केको लागि हो । त्यसैले खारेज गरिनुपर्छ’, प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले भने । सांसद बानियाँले मन्त्रालयले कोरोनाको शीर्षकमा गरेको खर्च सुहाउँदो नभएको टिप्पणी गरे ।
यसैबीच बागमती प्रदेशसभाबाट अन्तरप्रदेश बासिन्दाको समान, सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पनि पारित भएको छ । उक्त विधेयक प्रदेश मामिला समितिको बैठकबाट सर्वसम्मतरूपमा पारित भएर आएको थियो ।
विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...
काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...
काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको...
काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...
काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...
विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...
विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.