हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान

 न्यूज विराट
हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन) ले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । आज बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा यसको उपस्थिति देखिएको छ ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यामबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरु परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् ।

मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । रासस

सम्बन्धित समाचार

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

प्रयोगशाला निर्देशक झासहित ६ जनालाई परिषद्ले सोध्यो स्पष्टीकरण

काठमाडौं, १ जेठ-नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जिनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा, इपिडिमियोलोजी...

मोरङको रंगेलीमा घाँटी रेटेर महिलाको हत्या

विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीय बेचन यादवकी श्रीमती...

कोरोनालाई जितेर २ संक्रमित घर फर्किए

काठमाडौं, ३१ वैशाख-उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् । 'बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, साउन ३–सुनसरीको इटहरी–३ स्थित ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

कोरोना निको भएपछी डाक्टरले फूल दिएर विदा गरे

एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...

३५ दिन सीआईबीलाई विश्वास गरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री...

प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔं, विद्यालयको मूल्यांकनलाई आधार मानौं

काठमाडौं, २३ वैशाख-निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मुल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । ‘अहिलेको परिस्थितिमा परीक्षा गर्न सकिँदैन,’ प्याब्सन अध्यक्ष टिका पुरीले भने, ‘विद्याललको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्