नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

 न्यूज विराट
नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय राख्न माग गरे ।

शर्माले पार्टीको ९ सदस्यीय सचिवालयले काम गर्न नसकेकाले यसको औचित्यमाथि प्रश्नमात्र उठाएनन् विघटनको प्रस्तावसमेत गरे । ‘बैठकको सुरुमा के के एजेण्डा राख्ने भन्दै स्थायी कमिटीका सदस्य बोल्ने काम भयो, जनार्दन कमरेडले सचिवालय खारेज गरौं यो प्रस्ताव स्थायी कमिटी बैठकको बनाउँ भनेर प्रस्ताव गर्नुभएको छ,’ अर्का एक स्थायी कमिटी सदस्यले भने ।

देशमा महामारी हुदा पनि पार्टी सचिवालयले नेतृत्व लिन नसकेको, सरकारका कामकारवाही माथि निगरानी गर्न नसकेको, पार्टी एकतालाई पूर्णता दिन गम्भीर नभएकोलगायतका कारण खारेजीको विकल्प नभएको तर्क राखेका छन् । स्थायी कमिटी मातृका यादवले पनि तीन एजेण्डा राखेको बताए ।

सम्बन्धित समाचार

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

नेकपाको आन्तरिक शक्ति संघर्षले देश अस्थिरता तर्फ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार  राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।  कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट...

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्