देशभर २ हजार ३२८ जनाले जिते कोरोना

 न्यूज विराट
देशभर २ हजार ३२८ जनाले जिते कोरोना

काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार गराएर पछिल्लो २४ घण्टाको अवधिमा ८ महिला र १०६ जना पुरुष डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार  जलेश्वर अस्पतालबाट महोत्तरीका १९, कोभिड अस्पताल सतही जनकपुरबाट २०, सिन्धुली अस्पतालबाट ३, भरतपुर अस्पतालबाट नवलपरासी पूर्व र पश्चिमका ३  जनाले कोरोना संक्रमणलाई जितर घर फर्किएका छन् ।

यसैगरी, चितवनका १८, कपिलवस्तुका १, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका ४, मोरङ १८, सुनसरी ५,  तेह्रथुमका १, दमौली अस्पतालबाट १, धौलागी अस्पताल बाग्लुङबाट ४, गोरखा अस्पतालबाट १ जना पनि कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, जिपि कोइराला सुक्ला गण्डकी अस्पताल तनहुँबाट ६, कालिका अस्पताल स्याङ्जाबाट १० ले पनि कोरोनालाई जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभरबाट १९७ महिला र २ हजार १४१ पुरुष गरी २ हजार ३२८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेश खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

विराटनगर /कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालिन मुख्यमन्त्री भीम आचार्यको...

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...

विराटनगर महानगरमा मेयर पराजुलीले १८ औं पटक गरे दण्ड प्रणायाममा

विराटनगर, २४ कात्तिक । छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटकको दण्डप्रणायाम गरेका छन् । मेयर पराजुले विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर–१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको...

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्