लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

 न्यूज विराट
लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

विराटनगर, ७ असार-सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर उनीहरुको शरीर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ १ हजार २ सय ५० र भारतका विभिन्न बैंकका एटीअएम कार्ड समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएपनि अनुसन्धान पश्चात आज सार्वजनिक गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

भन्सार नाप जाँच भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशङ्का

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

२ जनाको आरडीटी पोजेटिभ देखिएपछि सप्तरीका २ स्थानीय तह शील

राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्