कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

 न्यूज विराट
कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् ।

मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएकी थिइन् । झण्डै २ साताअगाडि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो ।

निरिशा आफैँले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना लागेको जानकारी दिएकी थिइन् । निरिशाले उपचारका क्रममा पनि एउटा भिडियोमार्फत् आफ्ना शुभचिन्तकहरूलाई संक्रमित हुँदाको अनुभव साटेकी थिइन् ।

निरिशाले चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । भारतीय सिरियल ‘चन्द्र नन्दिनी’मा काम गरिसकेकी निरिशा अहिले बलिउड प्रवेशका लागि मुम्बईमा सङ्घर्षरत छन् ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

२ करोड ९१ लाख पुग्याे नेपालको जनसंख्या, वृद्धिदर भने घट्दाे

काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो । नयाँ जनगणना अनसार महिलाको संख्या १ करोड ४९ लाख...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ–प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि...

दुरुत्साहन मुद्धामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

बागलुङ, १० जेठ-बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि...

सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्