
यस्तो छ आजको मौसम
नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...
काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ।
त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न आग्रह गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल वार्ताका लागि राजी नभएको पाइएको छ।
कोरोना भाइरसको संक्रमण नसकिएसम्म वार्तामा बस्न नसक्ने भारतीय पक्षले संकेत गरेको छ। नयाँ नक्सा जारी भइसकेकाले केही समय हेर्ने र त्यसपछि मात्र वार्तामा बस्ने उताको मनस्थिति छ।
भारतीय प्रधानमन्त्री मोदीले केही दिनअघि नयाँ दिल्लीमा भएको मन्त्रिपरिषद्को सुरक्षा कमिटी क्याबिनेट कमिटी अन रेक्युरिटिज (सीसीएस) बैठकमा सीमा विवादबारे नेपालसँग तत्काल वार्ता गर्न नसकिने बताएका हुन्।
यद्यपि, नेपालसँग बिग्रिएको पछिल्लो सम्बन्ध र त्यसको सम्भावित चुनौतीबारे प्रधानमन्त्री मोदी र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभलले संयुक्त र छुट्टाछुट्टै रूपमा सरोकारवालाहरूसँग आन्तरिक छलफललाई तीव्रता दिएको स्रोतले बताएको छ।
बैठकमा भारतीय गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री, अर्थमन्त्री, चिफ अफ डिफेन्स स्टाफलगायतको उपस्थिति थियो।
‘कोरोना भाइरसको संक्रमणसँग मुलुक लडिरहेको छ। यस्तो अवस्थामा कसरी वार्ता गर्ने ?’ सीसीएस बैठकमा सहभागी भारतीय एक उच्च अधिकारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘समस्या समाधानका लागि प्रधानमन्त्री मोदी गम्भीर भए पनि तत्काल वार्तामा बस्न उहाँ अनिच्छुक देखिनु भएको छ।’
बैठकमा नयाँ नक्सा जारी गरेपछि नेपालले सीमा विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सक्नेबारे समेत छलफल भएको थियो। त्यसबारे प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रियकरण गर्नु नेपालको अधिकार भएको बताएका थिए।
तर, भारतले कूटनीतिक माध्यमबाट मात्र नभई सैन्य शक्तिमार्फत समेत उक्त भुमी ‘रक्षा गर्न सक्ने’ प्रधानमन्त्री मोदीले संकेत गरेको उच्च स्रोतले बताएको छ।
कोरोना संकट अन्त्य नहुन्जेल नेपालसँग वार्ता पनि नहुने र नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी० ले तयार पारेको रिपोर्टसमेत अहिलेकै अवस्थामा रहने स्रोतले बताएको छ।
मोदीले ईपीजीको रिपोर्ट बुझ्न समय उपलब्ध गराएका छैनन्। भारतले गत नोभेम्बरमा कालापानी क्षेत्र समेटेर आठौं संस्करणको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा खटपट भएको थियो।अन्नपूर्ण पोष्टबाट
नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...
विराटनगर, १ भदौ–विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने...
विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...
विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...
विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...
काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...
काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.