कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

 न्यूज विराट
कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

काठमाडौं, १ असार-कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरूको निगरानी भने गरिने छ । कोरोना संक्रमतिको संख्या ५ हजार नागेपछि यो नियम लागू गर्न लागिएको हो ।

अस्पतालमा आइसोलेसन बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुने भएकाले जटिल संक्रमितलाई मात्र अस्पतालमा राखिने छ । पहिलो २ हजार संक्रमितलाई लक्षण नभए पनि अस्पतालमा राखिएको थियो । कोरोना भाइरस समुदायमा फैलन नदिन २ हजारलाई अस्पतालमा राखिएको हो ।

‘रेस्पोन्स प्लान अनुसार नै काम भएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भने, ‘५ हजार क्रस भएपछि जटिलता भएकालाई मात्र अस्पताल राख्ने हो । हरेक पोजिटभलाई अस्पताल नलाने भन्ने छ ।’

पोजिटभ भएका तर समान्यलाई घरमै राखिने उनले बताए । ‘२ हजारदेखि ५ हजारको बीचमा लक्षण भएकालाई मात्र अस्पताल लाने थियो ।  जटिल भएकालाई प्राथमिकता दिने हो । सामान्यलाई घरमै राखिए पनि निगरानी भने गरिन्छ ।’

कोरोना उपचारको लागि १ सय २७ कोभिड क्लिनिक छन् ।  पहिलो लेबलको अस्पतालमा १३ वटा, दोस्रो लेबलमा १२ वटा र तेस्रो लेबल ३ वटा गरी अस्पताललाई विभाजन गरिएको छ ।

सामान्य भए पहिलो लेबलमा, जटिल भए दोस्रोमा, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरे तेस्रो लेबलमा उपचार हुन्छ । सबै अस्पतालमा गरेर २६ हजार ९ सय ३० वडा बेड छन्, जसमा आईसीयू बेड १५ सय ९५ वडा रहेका छन् । भेन्टिलेटर ८ सय ४० वटा छन् । आइसीयू सुविधा भएका अस्पतालको संख्या १ सय ९४ छ । आइसोलेसन बेड ३ हजार ७६ वटा छन् । कोरोनाको हब अस्पताल २५ वटा तोकिएको छ । अस्पतालको संरचना अपुग हुने भएकाले सामान्यलाई घरमै राख्न लागिएको हो ।

सम्बन्धित समाचार

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुन्छः आचार्य

विराटनगर, १४ माघ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) प्रचण्ड समूहका प्रदेश नं १ इन्चार्ज भीम आचार्यले प्रदेश सभामा पेश गरिएका मुख्यमन्त्रीको विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार...

डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल

विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको...

घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

विराटनगर। मोरङ बुढीगंगा गाउँपालिका – ४ प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना

विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्