कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई डिस्चार्ज गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।
उनका अनुसार २५ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूलाई आइतबार साँझ घर पठाइएको हो । उनीहरूलाई कालीकाेटको सदरमुकाम मान्मास्थित एकीकृत भवनको आइसोलेसन वार्डमा राखिएको थियो । २५ जनालाई डिस्चार्ज गरिएपछि अब त्यहाँ ४ जनाले उपचार गराइरहेको डा. महतले जानकारी दिए ।