लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त

 न्यूज विराट
लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त

बुटवल, ३० जेठ-प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ ।

नेपाल सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नेपाल सरकार वन मन्त्रालयले वन कार्यालयको नाममा रहेको जग्गा लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको हाे ।

प्रदेश सरकारले अस्पतालको गुरुयोजना सार्वजनिक गर्दै अत्याधुनिक अस्पतालको रूपमा विकास गर्ने बताएको थियो । सोही अनुरुप सरकारले वनको जग्गा अस्पताललाई दिने निर्णय गत बुधबार मन्त्रिपरिषद्को बैठकले गरेको थियाे ।

लुम्बिनी प्रादेशिक अस्पतालदेखि दक्षिणतर्फ रहेको १ बिगाह ६ कट्ठा जग्गा अस्पतालको पूर्वाधार विस्तारका लागि उपलब्ध गराउने निर्णय भएको सत्तारूढ नेपाल कम्युनिस्ट (पार्टी) नेकपाका महासचिव एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेल बताए । पौडेलकै पहलमा वनको जग्गा अस्पतालमा दिने निर्णय भएको हो ।

सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरे सँगै लामो समयदेखि अवरुद्ध अस्पतालको पूर्वाधार विकास कार्य अगाडि बढाउन सहज हुने भएको छ ।

अस्पतालले करिव ८ अर्ब हाराहारीको लागतमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरि सकेको छ । हाल उक्त स्थानमा ईलाका प्रशासन कार्यालयल सञ्चालनमा रहेको छ । वनको जग्गा अस्पताललाई प्राप्त भएपछि अस्पतालको सेवासुविधा अझ चुस्त हुने यहाँका नागरिकले अपेक्षा गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अस्पतालका लागि सरकारले जग्गा उपलब्ध गराउने निर्णयले बुटवलको बिकासको महत्वपूर्ण पक्ष अगाडि बढेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि उक्त वन कार्यालयको जग्गा लिए बापत बुटवल उपमहानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा वन कार्यालयका उपलब्ध गराउने छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउदै यसले अस्पतालको विकासका लागि सहज बाटो खुलेको भन्दै खुसी व्यक्त गरे । उनले जग्गा प्राप्तिसँगै अस्पतालको विकासको ढोका खुल्ने बताए ।

अस्पतालले हालै मात्र गुरुयोजना अनुसार भवन भत्काएर बनाउन मिल्ने गरी संरचना बनाएर सेवा दिइरहेको छ । ४ महिना अघि मात्र प्रदेश सरकारले अस्पतालको अध्यक्षमा सूर्य भट्टराई र मेडिकल सुपरिटेन्डनमा डा. राजेन्द्र खनाललाई नियुक्ती गरेपछि अहिले अस्पतालको विकासमा परिवर्तन आएको छ ।

सम्बन्धित समाचार

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

धान खेतमा गवारो र डडुवा रोग

विराटनगर, ८ भदा–खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित...

रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

विरोध साम्य पार्न सर्लाहीमा निषेधाज्ञा

सर्लाही, १२ पुस । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी...

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

अरनिको कलेजका २३ औं ब्याजका विद्यार्थी विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्