भारतमा कोरोना : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

 न्यूज विराट
भारतमा कोरोना  : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ७ हजार ७४५ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरूको संख्या १ लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९१४ जना सङ्क्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २१६ जनाको कोरोना परिक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३३२ जनाको कोरोना परिक्षण गरिएको छ ।

सम्बन्धित समाचार

औषधी व्यवसायीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको...

मंगलबार विराटनगरमा २०१ संक्रमित थपिए

विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...

तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं, जेठ ३-दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्