अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

 न्यूज विराट
अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको हो । मन्त्रालयले भनेको छ, ‘महामारीका क्रममा अस्ट्रेलियामा एसियाली मूलका मानिसहरुमाथि भेदभावका केही घटना बाहिर आएका छन् । यस्ता घटनामा एसियाली मानिसलाई जानीबुझीकन निशाना बनाएको देखिएको छ । विश्व स्तरमा अझै कोभिड–१९ लाई प्रभावकारी ढंगले नियन्त्रण गरिएको छैन । यस्तो अवस्थामा यात्रा र विश्वविद्यालयका खुला परिसरमा घुम्नु जोखिमपूर्ण हुनसक्छ ।’

तर अस्ट्रेलियाका शिक्षामन्त्री डेन तेहानले चीनको दाबी गलत भएको बताए । उनले अस्ट्रेलियाका विश्वविद्यालय पूर्ण रुपमा सुरक्षित रहेको पनि बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय विद्यार्थीमा पढाईका लागि अस्ट्रेलिया एक लोकप्रिय स्थान हो । किनकि उनीहरुले सफलतापूर्वक पढाई पूरा गर्न पाएका छन् । हाम्रो देशमा केही प्रकारका सांस्कृतिक पृष्ठभूमि भएका विद्यार्थीहरु अध्ययन गर्छन् र उनीहरु विश्व स्तरको शिक्षा ग्रहण गरिरहेका छन् ।’  उनले अस्ट्रेलिया कोराना भाइरस नियन्त्रणमा सफल भएको र विश्वविद्यालयहरु पनि सुरक्षित रहेको बताए ।

सम्बन्धित समाचार

गाँजा बरामद गरेपछि प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते

चितवन, २७ वैशाख-पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराती प्रहरीले १ राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला...

विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका...

विराटनगरमा मनाइयो युवा दिवस, रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न जोड

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीको आयोजनामा विराटनगरमा सोमबार युवा विधार्थीहरुलाई युवा रोजगार र...

पारिश्रमिक नपाएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर । नेपाल नर्सिङ संघ मोरङले सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। विराटनगरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरीले सिडिओ अफिस चोक, गोल्छा चोक,...

विराटनगरमा २४ सहित प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...

बेलबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...

मोरङमा ९५ जनासहित प्रदेश १ मा आज २५५ कोरोना संक्रमित थपिए

विराटनगर, ६ असार । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्