नेपालमा फेरि ४ प्रणाली विकसित, अधिकांश स्थानमा वर्षाको सम्भावना

 न्यूज विराट
नेपालमा फेरि ४ प्रणाली विकसित, अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ-सोमबार देशको अधिकांश भूभागमा अपरान्हपछि बदलीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । गएराती विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ ।

‘अहिले फेरि यी ४ प्रणाली विकसित भएर सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो’ मौसमविद् बासीले भनिन् । नेपालमा मनसुन भित्रिने सरदर समय १० जुन हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ । मनसुन सुरू हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन ।

मौसमविद् बासीका अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ । यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ ।

हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएर बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिमका १/२ स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित समाचार

रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...

‘दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिनू’

काठमाडौं, २३ असोज-सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट  आशिर्वाद थाप्न आग्रह गरेको हो । ‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

औषधी व्यवसायी संघ मोरङद्धारा होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी होली मिलान कार्यक्रम आयोजना गरेको हो । संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी...

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाउँछु : इन्सपेक्टर वेल्वासे

विराटनगर । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप वेल्वासेले भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा लागि पर्ने बताएका छन् । शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले भयावह अवस्थामा रहेको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

विराटनगर, ६ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्