गाउँपालिका अध्यक्षले जिते कोरोना

 न्यूज विराट
गाउँपालिका अध्यक्षले जिते कोरोना

गुल्मी, २५ जेठ-गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर शनिबार घर फर्किएका छन् । १२ जेठमा कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो ।

८ जेठमा स्वाब सङ्कलन गरी पठाएकामा ४ दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलले बताए ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा ५ जेठ कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडीटी गरिएको थियो । जसमध्ये १ जना पदाधिकारीको रिपोर्ट पोजिटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब सङ्कलन गरी पठाइएकामा स्वयं अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गुल्मीमा १ सय ५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब १८ जेठमा सङ्कलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए ।

गुल्मीमा हालसम्म कूल ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा २ जना निको भएका छन् । २ जनाको तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामाः मन्त्री घिमिरे

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए । सडक आश्रित...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...

प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर, ३ साउन । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

विकासका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरूको काम...

नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...

मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्न मन्त्रालयको परिपत्र

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्